You are here: Home »

Advertisement

पाँच वर्षअघि रञ्जित बन्जाडेले पश्चिम नेपालभरि कन्डमको व्यापार विस्तार गर्न ३३ लाख रुपैयाँ लगानी गरें। बजार प्रवर्द्धन गर्न बुटवलबाट पश्चिम लागेपछि उनी झस्किए। जुन बजारलाई लक्षित गरेर उनले कम मूल्यका कन्डममा लगानी गरेका थिए, ती साना बजार लगभग शून्य थिए। धेरैजसो लोग्नेमानिस रोजगारीका लागि भारत पुगेको प्रतिवेदन पत्रपत्रिकामा पढेको उनले सम्भिmए। सबैजसो लोग्ने मानिस भारत गएका छन् भने कन्डमको प्रयोग कसले गर्छ ? उनी कन्डमको व्यापार नहुने निष्कर्षमा पुगे। तैपनि चीनबाट अर्डर गरिएको कन्डम काठमाडौं आइसकेको थियो। उनले केही रकम काठमाडौंको पार्टीलाई दिइसकेका थिए। बन्जाडे दुःखी हुँदै काठमाडौं फर्किए र ११ लाख रुपैयाँको कन्डम मात्र पश्चिम नेपाल पठाए।
बन्जाडे पुराना व्यापारी हुन्। उनीसँग बालबालिका एवं महिलाका लागि आवश्यक स्वास्थ्य सामग्री बेचेको वर्षौंदेखिको अनुभव छ। कन्डमको हकमा भने यस्ता अनुभवि व्यक्तिको अनुमान पनि गलत सावित भयो। उनले पठाएका कन्डम धमाधम बिक्री हुन थाले। कतिसम्म भने ६ महिनापछि नै उनको बजार प्रवर्द्धकले थप कन्डम पठाइदिन आग्रह गरे। ‘पहिले त कन्डम कसले किन्यो भनेर म छक्क परें, पछि रहस्य बुझ्दै गएँ।’ बन्जाडेले साप्ताहिकसँग भने, ‘कन्डम बिक्री हुनुको प्रमुख कारण नै लोग्नेह रू विदेश जानुरहेछ। घरमा लोग्ने नभएकै कारण अरू लोग्ने मानिसलाई धेरैभन्दा धेरै कन्डमको आवश्यकता पर्दै गयो। कन्डमबिना परस्त्रीसँग सम्पर्क गर्न कठीन हुने भएकैले ती कन्डम बिक्री भए।’
झट्ट सुन्दा बन्जाडेको वक्तव्य नेपाली समाजको रीति एवं नीति विरोधी लाग्न सक्छ, तर यो उनले भोगेको तथा देखेको सत्य हो। बन्जाडे अहिले पनि पश्चिम नेपालमा यौनसँग सम्बन्धित सामग्रीको व्यापारमा संलग्न छन्। उनको अनुभवमा पश्चिम नेपालमा प्रत्येक वर्ष कन्डमको खपत बढेको बढ्यै छ। गएको वर्ष उनले बुटवलभन्दा पश्चिममा १ लाखभन्दा बढी कन्डम बेचे। गएको पाँच वर्षको अनुभवमा उनी ढुक्कका साथ भन्छन्, ‘प्रत्येक वर्ष लोग्नेमानिस तथा स्वास्नीमानिसहरू विदेश गएका गयै छन्, यस्तो अवस्थामा कन्डमको बिक्री घट्नु पथ्र्यो, तर यो बढेको बढै छ।
कन्डमको बिक्री बढेको निष्कर्ष बन्जाडे एक्लोको होइन। केही समय अघि स्वास्थ्य मन्त्रालयसँग मिलेर एउटा गैरसरकारी संस्थाले गरेको देशव्यापी सर्वेक्षणले पनि नेपालमा गर्भ निरोधक अस्थायी साधनको प्रयोग बढेको निष्कर्ष निकालेको थियो। उक्त सर्वेक्षणले के देखाएको छ भने श्रीमान्-श्रीमती नभए पनि महिला-पुरुषहरू अन्य व्यक्तिसँग संसर्ग गर्न थालेका छन्। त्यसैले पनि उनीहरू गर्भ नरहोस् भन्नेे उद्देश्यले अस्थायी साधन प्रयोग गरिरहेका छन्। यस्ता अस्थायी साधनमा कन्डम, पिल्स, तीन महिने सुई एवं गर्भपतन गराउने औषधिहरू छन्।
माग उच्च भएकै कारण अमेरिकी नियोग एवं सरकारी सहयोगमा सञ्चालित सीआरएस कम्पनीका ढाल र प्यान्थरजस्ता ब्रान्डका कन्डम सर्वसुलभ भए पनि निजी कम्पनीहरूले अन्य ब्रान्डका लाखौं कन्डम नेपाल भित्र्याइरहेका छन्। निजी कम्पनीका कन्डममध्ये सबैभन्दा बढी बिक्री हुने ब्रान्डमा जापानी कन्डम स्किलेस, कोरियन कन्डम युनिडस, भारतीय कन्डम कोब्रा, ब्ल्याक कोेब्रा र यस्तै नाम भएका अन्य विभिन्न कन्डम छन्। गैरसरकारी संस्थाका रूपमा दर्ता भएको मेरी स्टोप्सले नेपाल भित्राउने जोडी, फायर तथा एक्टेन्सी ब्रान्डका कन्डम, चीनबाट कच्चापदार्थ ल्याएर भारतमा उत्पादन हुने तृष्णा ब्रान्डका ५ थरिका कन्डम पनि नेपाली बजारमा बढी बिक्री हुने कन्डम मानिन्छन्।
नेपालको कन्डम बजारलाई केही वर्षयता विश्लेषण गरिरहेका बजार प्रवर्द्धक बिजु कपालीका अनुसार चलेका ब्रान्डभन्दा चीनबाट आउने नयाँ-नयाँ ब्रान्डका कन्डम बढी बिक्री हुन्छन्। अन्य सामग्री जस्तै यसममा पनि ब्रान्ड नै खोज्ने चलन छैन। नजिकको पसलमा जुन भेट्यो त्यही प्रयोग गर्ने चलन छ। त्यसमा पनि औषधि व्यवसायीले जुन राम्रो भनेर सिफारिस गर्‍यो, ग्राहकले त्यही कन्डम बढी किन्छन्। ग्राहकले नामका कारणले भन्दा गुणस्तर एवं आकर्षक कभर भएका कारण नयाँ कन्डम छान्ने गरेका छन्। ‘कुन कन्डम कति थान बिक्री हुन्छ ठ्याक्कै भन्न गाह्रो छ।’ कपाली भन्छन्, ‘तैपनि महिनामा कम्तीमा २ लाख थान कन्डम बिक्री हुन्छ भन्ने कुराचाहिँ सत्य हो।’ उनी प्रत्येक वर्ष ३ लाखभन्दा बढी युवा-युवती विदेश गए पनि कन्डमको बजार भने नघटेको बरु बढिरहेको कुरा पनि स्वीकार गर्छन्। कन्डमलाई भन्सार लाग्दैन
वाषिर्क लाखौं कन्डम बिक्री हुने भए पनि नेपालमा एउटा पनि कन्डम उद्योग छैन। कच्चा रबर तथा ३० लाख रुपैयाँ पर्ने मेसिनबाटै सामान्य कन्डम उत्पादन गर्न सकिन्छ। यति हुँदाहुँदै पनि नेपालमा कन्डम उद्योग नहुनुको मुख्य कारण विदेशबाट आयात हुने कन्डमलाई सरकारले भन्सार छुट दिनु हो। विश्व स्वास्थ्य संगठनले यौन रोगबाट बच्न संसारभरि नै कन्डमलाई कर छुट दिने नीति बनाउन राष्ट्र संघलाई निर्देशन दिएको थियो। त्यसैले राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रलाई कम मूल्यमा जनताले कन्डम पाउने वातावरण मिलाउन आग्रह गरेको छ। यही नीतिअनुसार नेपालमा संसारभरिबाट कन्डम आयात हुन्छ। सीआरएस कम्पनी तथा मेरी स्टोप क्लिनिकले अनुदानमा कन्डम भित्र्याउँछन्। केही समयअघि यस्तै अनुदानमा आएको नम्बर वान कन्डम एक रुपैयाँमा बिक्री हुन्थ्यो। यसरी अनुदान पाएका कन्डम बजारभरि भए पनि कन्डमको माग बढिरहेकाले निजी क्षेत्रले पनि लाखौं थान कन्डम बजारमा पठाइरहेका छन्। बजारमा १० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पर्ने कन्डम किन्न पाइन्छ। भन्सार एवं भ्याट दुवै छुट दिइएकाले नेपालमा कति कन्डम भित्रिन्छ, त्यसको लेखाजोखासमेत राखिँदैन। भन्सारमा कन्डम भएको कन्टेनरमा अरू कुनै सामग्री लुकाइएको छ कि भन्ने मात्र हेरिन्छ । व्यवसायीहरूका अनुसार अनुदानका कन्डमसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकैले चीन वा तेस्रो मुलुकबाट एकै पटक लाखौं थान कन्डम मगाउनुपर्ने बाध्यता छ। त्यसैले पनि चीन वा तेस्रो मुलुकबाट एकपटकमा कम्तीमा पनि एक ट्रक कन्डम भित्रिने गरेको छ। कहाँ हुन्छ खपत ?
पहिले कन्डम सौखिनहरूमा सीमित थियो। अहिले कन्डम सर्वसुलभ मात्र छैन, यसले यौन सम्पर्कलाई सुरक्षितसमेत तुल्याएको छ। परिणामस्वरूप देशभरि नै कन्डमको खपतमा वृद्धि भैरहेको छ। कन्डमको खपत अत्यधिक हुनुमा गैरसरकारी संस्थाहरूले गरेको प्रचारले पनि धेरै काम गरेको छ। उनीहरूले गाउँ तथा सहरमा बढ्दो एचआइभी पोजेटिभ संख्यालाई मध्य नजर गर्दै एक दशकअघिदेखि कन्डमको प्रचारमा तिब्रता दिएका थिए। उनीहरूले यौनकर्मीहरूलाई पनि सित्तैमा कन्डम बाडेका थिए। अझै पनि सुरक्षित सम्पर्कका लागि कन्डम नै भरपर्दो माध्यम भएकाले यसको प्रचार-प्रसारमा उनीहरूले करोडौं खर्च गरिरहेका छन्।
मात्राका हिसाबले कन्डम खपत हुने सबैभन्दा ठूलो क्षेत्र काठमाडौं हो। व्यवसायीहरूका अनुसार काठमाडौंमा पनि सबैभन्दा बढी ठमेल, नयाँ बसपार्क, पुरानो बसपार्क तथा सुन्धारा आदि क्षेत्रमा बढी कन्डम बिक्री हुन्छन्। ती क्षेत्रमा सामान्य पान पसलेले पनि कन्डम बिक्री गर्छन्। कन्डम बिक्री गरेरै जीवन निर्वाह गर्ने युवाहरू उक्त क्षेत्रमा दर्जनौं भेटिन्छन्। कन्डम बिक्रीका साथै यौनकर्मीसँग सम्पर्क गराइदिने कार्य गर्ने भएकाले उनीहरू त्यसबाट सजिलै जीवनयापन गरिरहेका छन्। काठमाडौं बाहिर भने पोखराको लेकसाइड, धरानको बसपार्क, वीरगन्ज, नारायणगढ, बुटवल तथा पूर्व इटहरीमा निजी व्यवसायीहरू आफ्ना कन्डम बेच्न प्रतिस्पर्धा गरिरहेका भेटिन्छन्। काठमाडौंभित्र र बाहिरका ती क्षेत्रमा मात्र दैनिक २० लाख रुपैयाँको कन्डम बिक्री हुने अनुमान सम्बन्धित व्यवसायीहरूको छ। अहिले केही व्यवसायी कन्डम बढी खपत हुने क्षेत्रमा कन्डम मेसिन राख्ने योजना पनि बनाइरहेेका छन्। कन्डम मेसिनमा पैसा राखेर बटन थिच्ने बित्तिकै एटीएम मेसिनबाट पैसा निस्किए जस्तै कन्डम निस्कन्छ। थाइल्यान्ड आदि केही देशका रेडलाइट क्षेत्रमा त्यस्तो व्यवस्था देखेका व्यवसायीहरूले पहिलो चरणमा बढी बिक्री हुने क्षेत्रमा कन्डम मेसिन राख्ने सोच बनाएका हुन्।
source : freenepal


Advertisement

काठमाण्डौं, असार २४ । पर्यटन प्रवदनमा टेवा पुर्याउदै अपांगता भएकाहरुलाई रोजगारी दिने उद्देश्यका साथ एउटा खुट्टाले निर्त्य गर्ने कलाकार रोमा न्यौपानेको सक्रियतामा ठमेलमा क्याफे एण्ड रेस्त्रुरेंट संचालनमा आउने भएको छ।
पर्यटन क्षेत्रमा काम गर्दै आएको VADNepal की सस्थापक रोमाको प्रयासमा ठमेलमा ४० लाख रुपैयाको लगानीमा रेस्त्रुरेंट संचालनमा आउन लागेको हो।
नेपाल तथा विदेश मा निर्त्य गरेर प्राप्त भएको पारिश्रमिक तथा बैंकको लोन बाट रेस्त्रुरेंट संचालन गर्न लागेको रोमाले बताइन।
कोजी क्याफे एण्ड रेस्त्रुरेंट संचालन संगै तिन जना अपांगता भएका व्यक्ति ले रोजगारी पाउदैछन । कोजी क्याफे एण्ड रेस्त्रुरेंटको भोलि असार २५ गते एक कार्यक्रमका बीच हास्य कलाकार दिपकराज गिरि तथा समाज सेवी दिल सोभा श्रेष्ठ द्वारा उदघाटन हुने कार्यक्रम रहेको छ ।
source : hamrosanar


Advertisement

बाबु बिते, आमा अर्कैसँग गइन्, मैले कसरी पढ्नु ? भोजबहादुर जर्घामगर I
काठमाडौ, असार २४ । एसएलसी पास हुने धेरैजसो विद्यार्थी अहिले कलेज जाने तयारीमा छन् । कसैले भर्ना गरिसके कोही अझै विषय र कलेज छान्दै होलान् । अभिभावकहरु छोराछोरी लिएर बिभिन्न कलेजमा पुगेका छन्, आफ्नो सन्तानको भविश्य उज्वल बनाउन ।

धादिङ खाल्टेका भोजबहादुर जर्घामगर पनि सोच्नुहुन्छ मेरो पनि बा आमा भएको भए यस्तै गर्नुहुन्थ्यो होला । तर बाले संसार छाडेको र आमा पनि पुरुषसंग हिडेपछि पहिलो श्रेणीमा पास भएको पनि के अर्थ भयो र ? स्थानीय महेन्द्रोदय कालिका माविबाट एसएलसीमा ६५ प्रतिशत अंक ल्याउनुभएका उहाँ पढ्न सहयोग गर्ने कोही भेटिन्छ की भनेर काठमाडौ आउनुभएको छ ।

गाउँमा पुर्ख्यौली पाखो बारी र ओत लाग्ने छाप्रो बाहेक केही छैन । बाबु आमालाई घुर्की लगाएर कलेज पढ्ने बेलामा उहाँको काँधमा ७० वर्षकी वृद्ध हजुरआमा, एक दिदी र भाइ बहिनी गरेर ४ जनाको जिम्मेवारी छ । ‘बरु फेल भएको भए घरमै बुढी हजुर आमा र भाइ बहिनी हेरेर बस्थे’ कलेज खोज्दै कलंकी आइपुगेका भोजबहादुरले भन्नुभयो ‘फस्ट डिभिजनमा पास भएँ, प्लस टु पढ्ने इच्छा छ तर पैसा छैन’ कुनै सहयोगीले पढ्ने व्यवस्था मिलाई दिए विज्ञान विषय लिएर पढ्ने उहाँको इच्छा छ ।

१० वर्षअघि भोजबहादुरका बाबुले संसार छाडे । त्यसको दुई वर्षपछि आमा पनि ४ सन्तानलाई छाडेर अर्कै पुरुषको पछि लागेपछि भोजबहादुरले आमा बाबुको माया ममता कस्तो हुन्थ्यो भन्नेसम्म थाहा पाउनुभएन । त्यसपछि चार नातीनातिना वृद्ध हजुरआमाले नै बनिबुतो गरेर हुर्काइन् । स्कुल पढ्न त निशुल्क पाइएको थियो र सजिलो भयो भोजबहादुरलाई ।

खोलेफाँडो घरकै खाएर भएपनि स्कुल पढ्न पाइएको थियो । सानैमा बाबु गुमाएका र आमाले पनि छाडेको तथा आम्दानीको कुनै श्रोत नभएपछि महेन्द्रोदय कालिका माविले १० कक्षासम्म निशुल्क पढाई दियो । फुर्सद र विदाको दिनमा ज्याला मजदुरी गरेर किताव कापी किन्ने मात्र नभई घरमा ५ जनाको परिवारलाई नुन तेलसमेत जुटाउनु हुन्थ्यो उहाँले ।

‘गाउँको स्कुलमा प्लस टु भएको भएँ त्यही पढ्थे होला’ उहाँले भन्नुभयो ‘प्लस टु पढ्नलाई घर छाड्नैपर्ने भएपछि काठमाडौ आएँ, तर आएर पनि के गर्नु ?’ गाउँले दाईको कोठामा बस्दै आएका भोजबहादुर अझै दुई–चार दिन यतै बसेर पढ्नका लागि सहयोग खोज्ने योजना छ ।
कुनै काम भेटिए काम गर्दै पढ्ने पनि उहाँको विचार छ । ‘दुखीलाई सहारा दिने मान्छे भगवानले पठाइदिन्छन् भन्ने सुनेको छु’ गहभरी आँशु पार्दै भोजबहादुरले भन्नुभयो ‘मलाई पनि पढ्नका लागि सहयोग गर्न भनेर कोही त आएको होला नि यो संसारमा !’

उहाँले उच्च माध्यमिक शिक्षा परिषद्मा छात्रवृत्तिका लागि आवेदन पनि दिनुभएको छ । तर पर्ने हो या होइन ठेगान छैन । परे त सजिलै भयो, नपरे के गर्नुहुन्छ ? भक्कानिदै भोजबहादुरले भन्नुभयो ‘त्यस्तो भयो भने पढाई छोड्नुपर्छ, घर गएर खेतीपाती गर्छु ।’
सुफल काफ्ले/उज्यालो अनलाइन ।


Advertisement


धेरै नेपाली दाजु भाइ बिदेशिनु भएको छ । बुढापाकाले भन्ने गरेको सुन्नु भएको होला बिहे गरेर श्रीमती छाडेर विदेश नजानु भनेर । हिजो आज बिहे गरेर बिदेशिएका धेरैको घर बस उठिबास भएको घटना धेरै नै सुन्न सकिन्छ ।

श्रीमती बिदेशमा भएका श्रीमान अनि श्रीमान बिदेशमा भएका धेरै जनाले आफ्ना श्रीमान अनि श्रीमतीलाई धोका दिएका छन् । सबैको हकमा यो कुरा लागु नभए पनि हिजो आज हाम्रो समाजमा यी घटना धेरै नै घटिरहेका छन् ।

यस्तै घटना को बारेमा यहाँ एक भिडियो प्रस्तुत गरिएको छ । फेसबुकमा अपलोड गरिएको यो भिडियो नेपाल टेलिभिजन एन टि भी प्लस बाट प्रसारण भएको थियो । यहाँ भएको भिडियोमा उक्त घटनाको एक सानो अन्सा मात्र प्रस्तुत गरिएको छ ।
source : freesansar.net


Advertisement

यो वर्षको सुरुदेखि नै आइफोनको व्यापारमा कमी आएको विषयले एप्पललाई झस्काइरहेको छ । त्रसित लगानीकर्ताले मौज्दात घटाएका छन् भने आलोचकहरुले एप्पलको आविष्कार क्षमतामाथि प्रश्न उठाउन थालेका छन् । तर हालैका हप्ताहरुमा व्यापारमा आएको गिरावटले सबैजसो स्मार्टफोन निर्माता उद्योगहरुमा नै भाइरसको रुपमा फैलिएको जस्तो देखियो । केही हप्ता पहिले मात्र रिसर्च इन मोसनले ब्लाकबेरीको धिमा बिक्रिका कारण कम्पनीको आम्दानी निरासाजनक भएको रिपोर्ट सार्वजनिक गरेको खबर बासी हुन नपाउँदै शुक्रबार एच टि सी र सामसुङले यो त्रैमासिकमा कम्पनीले लक्ष्य अनुरुपको नाफा कमाउन नसकेको खुलासा गरे ।

विश्लेषकहरुका अनुसार यो कुनै एक कम्पनीको गल्तीले देखापरेको लक्षण होइन । यो एप्पलको मात्र समस्या पनि होइन, सबैको हो । यसबाट खासगरी एप्पलले लक्षित गरेको महंगा स्मार्टफोनको बजार संतृप्त भैसकेको र उपभोक्ता अघाइसकेको सूचकको रुपमा यसलाई लिन थालिएको छ ।
नराम्ररी खस्किसकेको महंगा -हाइ इण्ड) स्मार्टफोनको बजारलाई उकालो चढाउन अब कुनै नयाँ चमत्कारिक फिचर्स थपिएपनि त्यो कामयावी हुने देखिन्न । वास्तवमा यो स्मार्टफोन उत्पादक कम्पनीहरुको लागि दुखको कुरा हो । यसबाट सबैभन्दा धेरै पीडा भने एप्पललाई नै परेको छ, किनकी महंगा स्मार्टफोन बजारको अधिकांस हिस्सा ओगटेको एप्पलका आइफोनको बिक्रिमा यसले सबैभन्दा धेरै असर पूराएको छ ।
विश्लेषकहरु भन्छन्, ‘जब एप्पलले आफ्ना नयाँ स्मार्टफोन जति बजारमा ल्याउँछ सबै हाइ इण्ड अर्थात् झन झन् उच्च मूल्य र प्रविधिका ल्याउँछ, पूराना स्मार्टफोनको खरीदमा छुट त दिइएको छ तर ती पुराना ग्याजेट प्रयोगकर्ताको रोजाइमा पर्ने कुरा भएन । आखिर यस्तो अवस्था भएपछि स्मार्टफोनको बजार खस्किँदा एप्पललाई जति धेरै असर कसलाई पर्छ ?’
खुसीको खबर के भने सस्तो मूल्यका स्मार्टफोनको बजार तिब्र गतिमा फैलाउँदैछ खासगरी चीनमा । एप्पलले पनि सस्तो मूल्यका आइफोन ल्याउने भन्ने खबर फैलिरहेका बेला विश्लेषकहरु यो वर्षको अन्त्यसम्ममा एप्पलले पनि सस्तो आइफोन ल्याउनेमा आशावादी छन् । सस्तो मूल्यका स्मार्टफोनको फैलिँदो बजारमा आफ्नो उपस्थिति जनाउन तथा महंगा स्मार्टफोनको व्यापारमा आएको गिरावटबाट पर्ने असरबाट जोगिन एप्पलले यस्तो कदम चाल्नुपर्ने बताइन्छ । आइफोनको मूल्य साढे ३ सय देखि ४ सय अमेरिकी डलर सम्म हुनेहो भनेपनि त्यसले चीन लगायत सस्तो स्मार्टफोनको फैलिँदो बजारको मागलाई सम्बोधन गर्न एप्पल समर्थ हुने विश्लेषकहरुको ठहर छ । साथै कम मूल्यका आइफोन बजारमा ल्याउने हो भने एप्पलले ब्राजिल, रुस तथा भारत लगायतका ठूला बजारमा पनि आफ्नो पकड मजबुत बनाउने र मध्यम वर्गिय उपभोक्ताको रोजाइमा समेत आफुलाई पार्नसक्ने बताइन्छ । एजेन्सी
source : onlinekhabar


Advertisement

२४ असार, काठमाडौं । अमेरिकी डलरले एक महिनाकै अन्तरमा भारुसँगको विनियमदरमा आफ्नो रेकर्ड तोड्दै सोमबार ६१.१९ भारु पुगेको छ । यसको नेपाली रुपान्तरण ९७ रुपैयाँ ९० पैसा हुन्छ । भारतमा डलरको बिक्री मूल्य दिनभर ६०.८० भारुभन्दा माथि रहेको छ । नेपालसँग भारुको विनियम दर स्थिर रहेका कारण डलरसँग भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । आज नेपालमा वाणिज्य बैंकहरुले ९८ रुपैयाँको सेरोफेरोमा डलर बिक्री गरेका छन् । नबिल बैंकले अपरान्ह डलरको बिक्री मूल्य ९८ रुपैयाँ १० पैसा तय गरेको छ भने किष्ट बैंकले ९७ रुपैयाँ ७५ पैसा तय गरेको छ । एभरेष्ट बैंकले बिक्री दर ९८ रुपैयाँ तोकेको भने नेपाल इन्भेष्टमेन्ट बैंकले ९७ रुपैयाँ ९५ पैसा तोकेको छ ।


Advertisement

काठमाडौं, असार २४ । ‘आपत्तिजनक’ दृष्य र संवादका कारण प्रतिबन्धमा परेको विवादास्पद नेपाली फिल्म ‘एटीएम’ पुनः प्रदर्शनमा आउने भएको छ । यसअघि सेन्सर बोर्डले सम्पादन गरेर रिलिज गर्नु भनेको ‘एटीएम’ सम्पादन बिना नै प्रदर्शनमा आएपछि प्रतिबन्धमा परेको थियो ।
तर, पुनरावेदन अदालत पाटनले फिल्म प्रदर्शन गर्न दिन सञ्चार मन्त्रालय र सेन्सर बोर्डलाई आदेश दिएपछि फिल्म पुनः देशव्यापी प्रदर्शन गर्न लागिएको एटीएमका निर्देशक यादव सिलवालले ईमेज अनलाईनलाई जानकारी दिए । सिलवालका अनुसार एक पटक सेन्सर पास भईसकेको फिल्मलाई प्रदर्शन गर्न दिनु भन्दै अदालतले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
फिल्मले प्रदर्शन अनुमति पाएको जानकारी दिंदै निर्देशक सिलवालले भने–‘अदालतले एकचोटी सेन्सर पास भईसकेको फिल्म प्रदर्शन गर्न दिनु भनेर स्टे अर्डर जारी गरेको छ ।’ सिलवालका अनुसार यसअघि सेन्सरका बेलामा ‘काट्नु’ भनिएको केही संवादमा छुटफुट हुन गएकाले अब त्यसलाई सच्याएर फिल्म प्रदर्शनमा ल्याउने तयारी भईरहेको छ ।
निर्देशक सिलवालले अब प्रदर्शन हुने फिल्ममा ‘आपत्तिजनक’ दृष्य र संवाद नरहने बताए । उनले आपत्तिजनक केही संवाद म्युट गरेर प्रदर्शन गर्ने जानकारी दिए ।

यसअघि गत मंसिर ८ गतेबाट प्रदर्शनमा आएको एटीएमलाई सञ्चार मन्त्रालयको निर्देशनमा गृहमन्त्रालयले सोही दिन प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा परेपछि फिल्मका निर्माता दिनेश थापा अदालत पुगेका थिए ।

अदालतको आदेशले आफूहरुलाई राहत दिएको संकेत गर्दै निर्देशक सिलवालले भने–‘हामी अदालत, सेन्सर बोर्डको सम्मान गछौं, यसअघि केही शब्दमा आपत्ति थियो, अब त्यसलाई म्युट गरिनेछ ।’

जिया केसी, सोनिया शर्मा, सविना शर्मा, दिनेश थापाको मूख्य अभिनय रहेको एटीएम अदालतको आदेशपछि साउन ११ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको सिलवालले बताए । सिलवालले फिल्मको समयावधि दुई घण्टा नै रहेको बताए । उनले आफूहरु नयाँ तरिकाले फिल्मको प्रचार–प्रसारमा जुटेको जानकारी समेत दिए । सिलवालका अनुसार चाँडै फिल्मको नयाँ प्रोमो सार्वजनिक हुनेछ ।
यसअघि एटीएमको प्रोमो भिडियो सार्वजनिक भए लगत्तै त्यसको व्यापक आलोचना भएको थियो । उक्त प्रोमोलाई ‘अश्लीलताको पराकाष्ठा’सम्मको संज्ञा दिइएको थियो ।
source : imagechannel
 

हेर्नुहोस् एटीएमको नयाँ गीत (Extreme Hot)